
काठमाडौंको चावहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ वर्ष (सन् २०२०)को अवसर पारेर सहुलियतमा शल्यक्रिया अर्थात् ‘सर्जरी’ गर्ने प्याकेज घोषणा गरेको छ ।
हस्पिटलले बिहीवार पत्रकार सम्मेलन नै गरेर सहुलियतको विशेष प्याकेज घोषणा गरेको हो । प्याकेज अफरमा दुई किसिमको सर्जरी सेवा दिने बताइएको छ । पुस १९ देखि २९ गतेसम्म ११ दिन ईन्टरमीडीएट सर्जरी र मेजर सर्जरी गरी दुई प्रकारको सेवा दिइने अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभूतपूर्व सहुलियतमा यो प्याकेज अघि सारिएको कार्कीको भनाई छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ६०–६५ हजार लाग्ने सर्जरी ३६ हजारमै गरिने भएको छ ।
त्यो पनि अत्याधुनिक प्रविधिको प्रयोग गरेर गुणस्तरीय उपचार । नियमित सेवा अन्तर्गत ६० हजारमा गरिरहेको ईन्टरमीडीएट सर्जरी ३२ हजारमा र ६५ हजार भन्दा बढी खर्च लाग्ने मेजर सर्जरी ३६ हजारमा गरिने अस्पताल प्रशासनले जनाएको छ ।
सामान्य अवस्थामा डाक्टरकै ओटी मात्र ४० हजार लाग्ने गरेको छ ।
प्याकेजमा ल्यास्परोस्कोपिक विधिबाट पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायत स्त्रीरोग सम्बन्धि पाठेघरको सर्जरी समेटिएको अस्पतालका कन्सल्टेन्ट सर्जन डा.कमल कोइरालाले बताए । यस्तै, हर्निया, हाइड्रोसिल, फिस्टुलाको सर्जरी पनि प्याकेजमा समेटिएको छ ।
सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र चिकित्सकको कन्सल्टेशन चार्जसमेत त्यही ३२ र ३६ हजारभित्र समेटिएको र बिरामीलाई प्राथमिकताका आधारमा उपलब्ध भएसम्म स्पेशल क्याविन बेड दिइने प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
सर्जरी प्याकेजका बारेमा थप जानकारी लिन हस्पिटलको कर्पोरेट डेस्कमा प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी दिइएको छ । कल सेन्टरको नम्बर ०१४२२७६२२५ अथवा मोबाईल नम्बर ९८०२०७६२४७ र ९८०२०७६२२५ मा फोन गरेर जानकारी लिन सकिने तथा नाम दर्ता गर्न सकिने व्यवस्था अस्पताल प्रशासनले गरेको छ ।