६ बैशाख २०८१, बिहीबार

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न माग

Nepali Congress Party Office

नेपाली काँग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

मङ्गलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वडा नं ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै वडाध्यक्ष शाही लगायतलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको काँग्रेसले जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कारवाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।

भविष्यमा यस्ता घटना पुनःनदोहो¥याउन नेकपालाई काँग्रेसले चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजविक्रम आरसी र दीपक केसी गम्भीर घाइते हुनुभएकाले उहाँहरुको नेपालगञ्जमा र दुई जनाको नगर अस्पतालमा उपचार भइरहेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।