१५ बैशाख २०८१, शनिबार

पुस २४ गतेसम्म प्रदेशसभा २ को बैठक स्थगित

Province No. 2

आज बोलाइएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ।

बैठक पुस २४ गते १ बजेसम्मको लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिएका छन्।

बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन। यसअघि सोमबार र मंगलबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेको थियो।

उनीहरूले उपभोक्ता समितिमार्फत् भएको विकास निर्माणको भुक्तानी, जनता आवास, प्रदेश सभा सदस्यहरूको संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा मुख्यमन्त्री लालबाबु राउत स्वयं सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन्।