४ बैशाख २०८१, मंगलवार

५०० ले बढ्यो सुनको मूल्य

gold

स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ ।

प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ ।

यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ । चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ ।