७ बैशाख २०८१, शुक्रबार

गुजरातको फुटपाथमा सुतिरहेका मजुरमाथि ट्रक दौडियो, १३ जनाको मृत्यु (थप तस्बिरहरु)

2b3946f65174f067c38459e0a49aad04

भारतको गुजराजतमा एक भयानक दुर्घटना भएको छ । फुटपाथमा सुतेका मजुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

truck guj 1611024171 O5lBohLPSL

स्थानीय प्रहरीका अनुसार मृतकहरु मजदुर हुन् भने फुटपाथमा सुतिरहेका बेला ट्रक एकाएक उनीहरुमाथि दौडिन पुगेको थियो ।  

गम्भीर घाइते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

गएराति भएको सो दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएको बताइएको छ । प्रहरीले चालक  सहचालकलाई गिरफ्तार गरेको छ ।

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जनाइएको छ ।

guj 1 1611022897 aUCcBujGan
guj
guj 2 1611022972 ffrrRq9NWq
New Picture 189 780x447 1