१३ बैशाख २०८१, बिहीबार

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

renu dahal

भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ । कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै उहाँले प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । यसले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा बढवा दिने उहाँको भनाइ थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताउनुभयो । उहाँले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनीकक्षले यस क्षेत्रको औद्योगिक र पर्यटकीय गतिविधि विकास र विस्तारमा सहयोगी हुन छ भन्नुभयो

प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा वडा नं २२ का अध्यक्ष विष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनीकक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सो कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनीकक्ष रु ९१ लाखको लागतमा निर्माण गर्न लागिएको जानकारी दिनुभयो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कक्ष निर्माण गर्न लागिएको हो ।