११ बैशाख २०८१, मंगलवार

हुम्लाकालागी सहुलियत दरमा हवाई उडान शुरु

humla airport scaled

सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् ।

कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हँुदा उक्त उडान शुरु गरिएको हो । नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गाे व्यवसायी विष्णु रावतले बताउनुभयो ।

यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उहाँले बताउनुभयो । नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ ।

नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले रु छ हजार तथा नेपाल एयरलाइन्सले रु पाँच हजार ९७५ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एक÷एक उडान भर्न शुरु गरेका छन् ।