७ असार २०८२, शनिबार

निश्चल बस्नेतले घोषणा गरे ‘जिन्दाबाद’

Nischal Basnet

४० औँ जन्मदिनको अवसर पारेर अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन्। उनले नयाँ फिल्मको नाम ’जिन्दाबाद’राखेका छन्। फिल्म ‘लुट’ बाट चर्चामा आएका निश्चल बस्नेत का थुप्रै फिल्महरुलेराम्रो व्यापार पनि गरेका छन्।

शनिबार राती आफ्नो फेसबुकमा स्टेटस लेख्दै नयाँ फिल्मको जानकारी दिएका हुन् । उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना दिदै लेखेका छन्  । ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना । यो बर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।”

उनले निर्देशन गरेको फिल्म टलकजंग भर्सेज टुल्के पनि दर्शकले निकै रुचाएका थिए । उनका आइटम गीतका कारण पनि चर्चामा छन्। फिल्मको छायांकन र कलाकारको बारेमा केहि खुलाइएको छैन। निश्चलको भित्रि खुवी भनेको गायन पनि हो । उनी गायनमा खुवी भएका कारण केही गीतहरु पनि रेकर्ड गराएका छन्।