७ बैशाख २०८१, शुक्रबार

दर्जनबढी जलविद्युत् निर्माणाधीन, ‘ऊर्जा खोला’का रुपमा रुपान्तरण हुँदै रघुगङ्गा

hydroproject nalgada
फाइल फोटो

धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगङ्गा नदी ‘ऊर्जा खोला’ का ?पमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगङ्गा र यसमा मिसिन आउने अन्य सहायक खोलाह?बाट करीब १५० मेगावाट क्षमताको विद्युत उत्पादन लक्ष्यसहित अहिले पाँच वटा जलविद्युत् आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गरेका छन् भने अ? केही आयोजना अध्ययनको क्रममा समेत रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

“रघुगङ्गामा मात्रै चार आयोजनाले काम थालेका छन्, रघुगङ्गाकै सहायक नदी चिमखोलाको बगरखोलामा समेत विद्युत् निकाल्नका लागि पूर्वाधार निर्माणको शु?आत गर्ने जानकारी आएको छ, सबै आयोजनाको निर्माण सम्पन्न हुने हो भने रघुगंगा नदी सु?ङबाटै बग्ने निश्चित छ”, उहाँले भन्नुभयो ।

चिमखोलाको बगरखोलामा ५.५ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि मोना हाइड्रोवर लिमिटेडले विद्युत् खरीद बिक्री सम्झौताको चरणमा पु¥याएको छ । रघुगङ्गाको सबैभन्दा माथिल्लो भागमासमेत विद्युत् निकाल्नका लागि अध्ययन भइरहेको छ । त्यसदेखि तल रघुगङ्गा–७ र ८ को सीमा क्षेत्रमा पर्ने फेदीबाट कालीगण्डकी नदीमा नमिसिँदासम्मका अधिकांश सम्भाव्य क्षेत्रमा अध्ययनसहित विद्युत् उत्पादनका लागि आयोजनाह? निर्माण कार्यमा जुटेका छन् ।

चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन यस नदिनमा २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५.५ मेगावाट क्षमताको राहुघाट मङ्गलेलेसमेत निर्माण कार्य शु? गरेका छन् भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्कोसमेत ठेक्का लगाएर निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको छ ।

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा संयुक्त ऊर्जा प्रालीले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनामा निर्माण पूर्वका कार्यलाई अघि बढाएको छ । आयोजनाको डिजाइन तयार पार्ने काम भइरहेको र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिनुभयो ।

“पहुँचमार्ग र आवास गृह निर्माणका कामले तीव्रता पाएको छ, आयोजनाका लागि आवश्यक निजी जग्गाप्राप्तिको कामसमेत भइरहेको छ, आधारभूत तहका पूर्वाधार निर्माण गरी ठेकेदार कम्पनीलाई परिचालन गर्ने तयारी छ”, व्यवस्थापक अधिकारीले भन्नुभयो । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा तीन हजार ३७७ मिटर लामो सु?ङमार्गबाट ल्याइएको पानी छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्र्याकलाई छरी हुँदै अगाडि बढाइसकेको छ । यस आयोजनामा करीब नौ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ ।

तीन वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण कार्यमा जुटेको यस आयोजना सम्पन्न गर्न करिब तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाका आवासीय इञ्जिनीयर पवित्रमान बोहराले जानकारी दिनुभयो । विद्युत्गृह, अडिट, आवासलगायतका लागि ३४ रोपनी जग्गाप्राप्ति भइसकेको र बाँकी रहेको जग्गाप्राप्तिको काम अघि बढाइएको छ ।

यस आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरी पुनःजलविद्युत् निकाल्नका लागि अपर ठूलोखोला जलविद्युत्कोसमेत अध्ययन भइरहेको छ । रघुगङ्गा नदीको चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको छ । हालै आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बाँधतर्फको पूर्वाधार निर्माणको शुभारम्भ गर्नुभएको यस अयोजना ४० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कूल साढे चार अर्ब लागत अनुमान रहेको आयोजनाको बाँध, पावर हाउस र पेनस्टक पाइप निर्माणको रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको साउथ एशियन इन्फ्रास्ट्रक्चरले ठेक्का लिएको छ ।

सुरुङ ठेकेदार कम्पनीले अडिट रहने घ्याँसीखर्कमा क्याम्प निर्माण गरी अडिट टनेलको तयारी गरेको छ । बाँधतर्फको ठेकेदार कम्पनीले बन्दी क्षेत्रमा क्याम्प र क्रसर उद्योगको पूर्वाधार निर्माण गरिरहेको छ । तुँदी पावर कम्पनीले भने चिमखोलाको सिस्नेरीमा आवासगृह (क्याम्प) निर्माणको तयारी गरेको कम्पनीका आवासीय इन्जिनियर प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो ।

बन्दीघाटको मुहानदेखि पाँच किलोमिटर लामो सु?ङमार्ग हुँदै ल्याइने पानीलाई चिमखोलाको मलाङस्थित विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आयोजनाले पूर्व तयारीको काम सकेर निर्माणको चरणमा प्रवेश गरेको छ । ठेकेदार कम्पनीह? समेत कार्यक्षेत्रमा परिचालन भइसकेका छन् । आयोजनाको आउटलेट, इन्लेट र अडिटको दायाँ र बायाँतर्फ दुई ठाउँ गरी चारतर्फबाट सु?ङ निर्माण गरिनेछ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरी ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

विद्युत् विकास विभागबाट अनुमति लिइसकेको यस आयोजनामा चिमखोलाको पुछारमा रहने बाँधबाट ल्याइने पानी दग्नामको पुछारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने गरी तयारी भएको इञ्जिनीयर तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार पाँच किलोमिटर लामो सु?ङमार्ग रहने यस आयोजनाको सु?ङ र विद्युत्गृह निर्माणको ठेक्का हाइ हिमाल हाइड्रोपावर कन्ट्रक्सन प्रालीले लिइसकेको छ ।

रघुगङ्गा नदीमा यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । वडा नं ४ दग्नाम र वडा नं ५ को सीमा क्षेत्र बुग्लमा बाँध रहने यस आयोजनाको वडा नं ३ पिप्लेको तिल्केनी चौरमा विद्युतगृह रहने गरी निर्माण कार्यलाई अघि बढाइएको छ ।

राहुघाटको करीब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सु?ङ खन्ने कार्यले तीव्रता पाएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । करीब पाँच सय मिटर मुख्य सुरुङ खनिसकिएको छ ।

विसं २०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको २०७४ मङ्सिर ५ गते ? छ अर्ब सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी) ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सु?ङ खन्न शु? गरेको थियो । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलीयत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो । आयोजनाको छ किलोमिटर दुई सय मिटर सु?ङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ ।

आयोजनासँग सामुदायिक विकासका अपेक्षा

रघुगङ्गाको विकट क्षेत्रमा जलविद्युत् आयोजनाको निर्माण शु? भएसँगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भिरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्य गरेको छ । विगतमा सङ्घीय प्रदेश र स्थानीय तहको साझेदारीमा सडक निर्माण शु? गरी अक्करे भिरमा पुगेर रोकिएको कामलाई यस वर्ष रघुगङ्गा गाउँपालिका र तुँदी पावर कम्पनीले सहकार्य गरेका छन् ।

गाउँपालिकाको ४, ७ र ८ नम्बर वडाको गौरवको योजनाको ? एक करोड ५० लाख बजेटबाट सडक निर्माण भइरहेको सो योजनामा कम्पनीलेसमेत स्थानीय तहकै हाराहारीमा लगानी गर्नेगरी काम गरिरहेको छ । गाउँपालिका र कम्पनीको सहकार्यमा अक्करे भिरमा सडक निर्माणको कामले तीव्रता पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा निर्माणाधीन सबै जलविद्युत् आयोजनाले गाउँपालिकासँग आवश्यक समन्वय गर्न नसकेको बताउँदै गाउँपालिकाले त्यसतर्फ ध्यान दिएको बताउनुभयो ।

चिमखोलाका युवा मेजन थापाले गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै विकास र रोजगार सिर्जनाको अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्थानीयवासीसँग आयोजनाह?ले आवश्यक समन्वय गर्न नसकेको गुनासो गर्दै आयोजना र स्थानीय तहह?लेसमेत आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

दर्जनबढी जलविद्युत् निर्माणाधीन

म्याग्दीमा विभिन्न नदीमा एका दर्जन बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । दुई मेगावाट क्षमताको तातोपानी साना र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ ।

रघुगङ्गा नदीका निर्माणाधीन चार जलविद्युत्बाहेक जिल्लामा ३८ मेगावाटको नीलगिरि खोला, ६२ मेगावाट क्षमताको नीलगिरिखोला क्यास्केट, १४ मेगावाटको घारखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला निर्माणाधीन छन् । त्यसैगरी कालीगण्डकी, म्याग्दी र रघुगङ्गाका साथै सहायक नदीनबाट समेत विद्युत् उत्पादनको लागि पूर्वाधार निर्माणमा अनुमति लिएको आयोजनाले पनि अब आयोजना निर्माणको सुरसार गर्न थालेका छन् ।

जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रीडमा जोड्नका लागि दाना–खुर्कोट दुई सय २० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारण लाइन निर्माणको चरणमा रहेको छ ।