१२ बैशाख २०८१, बुधबार

परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्कनु भएछ: डा. बाबुराम भट्टराई

Dr Baburam Bhattarai

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालला संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर स्वदेश फर्किएको टिप्पणी गरेका छन् ।

भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणबारे उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गरेका हुन् ।

भट्टराईले मन्त्री ज्ञवालीको भारत भ्रमण बेला न कुबेलाको भएको बताएका छन् । उनले देशको जटिल भू-राजनीतिक स्थिति नबुझी नेताहरु कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्ने गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनु भएछ।

डा. भट्टराईले देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ टिप्पणी गरेका छन् ।