११ बैशाख २०८१, मंगलवार

कठाँलो समातिएका शाहरुख अब सलामानका प्रमुख अतिथी

srk salman story 647 070517110836

बलिउड स्टार सलमान खानको ५४ औँ जन्मदिन अझ बिशेष हुने भएको छ । ५४ औँ जन्मदिनमा सलमान मामा बन्दैछन्। उनकी बहिनि अर्पिताले बच्चा पाउन लागेकी छन् । डाक्टरहरूका अनुसार सलमान खानको जन्मदिनमा नै बच्चाले आँखा खोल्नेछन्। यसकारण, सलमानले यस पटक आफ्नो जन्मदिन पनवेलमा आफ्नो फार्म हाउसको सट्टा अर्पिताको डिलिभरी अस्पताल नजिकै भाई सोहेल खानको घरमा मनाउने छन।

बलिउडका दबंग अभिनेता सलमान खानले आफ्नो जन्मदिन प्रायः निजी राख्थे, तर यस पटक भने जन्मदिनको योजना सार्वजनीक गरेर सबैलाई चकित पारेका छन् । यसको कारण सलमानकी बहिनी अर्पिताले छिट्टै बच्चा जन्माउने बताइएको छ । यस्तो अवस्थामा सलमान खान आफ्नी बहिनीबाट टाढा हुन चाहँदैनन् र उनीसँगै बढी समय बिताउन चाहन्छन्।

सलमानले यस बर्ष केही व्यवसायीक र व्यक्तिगत कारण यस्तो योजना बनाएका हुन् । सलमान ईद २०२० मा रिलीज हुने आफ्नो फिल्म राधेको शूटिंगमा व्यस्त छन्। अर्पिताले २७ डिसेम्बरमा हिन्दुजा हेल्थकेयर सर्जिकलमा सी(सेक्शन डेलिभरी हुने भएको छ । उनी आफ्नो भविष्यको बच्चालाई आफ्नो जन्मदिन सलमानसँग बाँड्न पनि चाहन्छिन्। त्यसकारण परिवारले यो विशेष दिनलाई पाली हिल निवासमा धूमधाम का साथमनाउने योजना बनाएका छन्।ु

सलमानको जन्मदिन पाहुनाहरूको सूचीमा शाहरुख खान, कट्रिना कैफ, डेभिड र वरुण धवन, कबीर खान र उनकी श्रीमती मिन्नी माथुर, र जैकलिन फर्नांडीज सामेल छन्। दबङ ३ को सफलताको मजा लिइरहेका प्रभुदेवा, सोनाक्षी सिन्हा र साई मांजरेकर पनि पार्टीमा उपस्थित हुनेछन्। यस अघि सलमान आफ्नो जन्मदिन उनको पनवेल फार्महाउसमा मनाएका थिए ।

कुनै समय शाहरुख र सलमानको बीचमा कुराकानी बन्द भएको थियो । सन् २००२ मा सलमान र ऐश्वर्याको बीचमा दूरी बढ्न लागेको थियो । एकदिन यस्तैमा सलमानले सेटमा आएर आफ्नो बदमाशी शुरु गरेका थिए । शुरुमा चलते चलते फिल्ममा रानी मुखर्जीको स्थानमा ऐश्वर्या राय थिइन् ।

फिल्मसँग जोडिएका एक व्यक्तिका अनुसार करीब ४ घण्टासम्म सलमानले अवरोध जारी राखेका थिए । उनी ऐश्वर्यालाई उत्पीडन गरिरहेका थिए । शाहरुखले यो विषयलाई सुल्झाउने प्रयास गर्दा सलमानले उनको कठालो समातेका थिए । उनले यस विषयमा माफी पनि मागेनन् ।

यो घटनापछि शाहरुख र सलमानको बीचमा कुराकानी बन्द भएको थियो । त्यसै क्रममा सन् २००८ जुलाई १६ मा कटरिना कैफको जन्मदिनमा शाहरुख र सलमान दुवैलाई निमन्त्रणा दिइएको थियो । यो पार्टीमा पनि दुईजनाको बीचमा तनावको अवस्था सिर्जना भएको थियो । पार्टीमा यी दुईको बीचमा तनाव सिर्जना भएसँगै त्यहाँ उपस्थित अन्यले उनीहरुलाई सम्झाएका थिए ।

केही वर्षसम्म उनीहरु एकअर्काका कट्टर दुश्मन बनेर देखिए । यस्तैमा शाहरुखले मित्रताको हात अघि बढाए र सलमानले पनि त्यसलाई स्वीकार गरे । यस्तैमा एक पार्टीमा उनीहरुको पुनः भेट भएको थियो । यो पार्टीमा सलमानले पहल गर्दै शाहरुखसँग अंकमाल गरेका थिए । यहि क्रम अनुसार नै सलमानको ५४ औँ जन्मदिनमा शाहरुख मुख्य अतिथि बन्न लागेका हुन् ।