८ बैशाख २०८१, शनिबार

कोमल वलीले ल्याइन् ओलीको प्रशंसामा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ (भिडियो सहित)

kp oli song

राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीको नयाँ गीत सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको हो । प्रधानमन्त्री ओलीको विषयमा केन्द्रीत रहेर उनले नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीतमा ओली व्यक्ति नभइ विचारको खानी भएको उल्लेख गरिएको छ ।

गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् ।

गीतमा ओलीलाई फौद बहादुर बस्नेत र ध्रुवराज धितालसमेतको स्वर रहेको गीतमा ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको त्यान्दो भन्दै उनको उच्च प्रशंशा गरिएको छ । ओलीको जीवन विकाशको यत्र समेत भनिएको शब्द राखिएको गीतमा केपी ओलीको आजमात्र होइन भोलीको लागि पनि खाचो रहेको कुरा गरिएको छ । अर्थात पुरै गीत प्रशंशा र ओली समृद्धिको सम्वाहक भएको भन्दै देशका लागि उनी चाहिने नेता भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको बिभिन्न समयका क्रियाकलापका फुटेज समेटिएका छन् । भिडियो गायक गायिकालाई समेत देख्न सकिन्छ ।

भिडियोमा पछिल्लो समयका देश बिकाशका फुजेट समेत राखिएको देख्न सकिन्छ । साई भिजनले निर्माण गरेको भिडियो गीतमा संगीत संयोजना बिनोद बाजुरालीले गरेका छन् ।