८ बैशाख २०८१, शनिबार

उपेन्द्र यादवले आजै राजीनामा दिने

Upendra Yadav

समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए ।

सरकारबाबाट बाहिरिने औपचारिक निर्णय भने आजै बस्ने संसदीय दलको बैठकले गर्ने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । संसदीय दलको कार्यक्षेत्र भएकाले त्यही बैठकले औपचारिकता पूरा गर्ने श्रेष्ठले बताए । हिजो मन्त्रीपरिषदमा संविधान संशोधनको प्रस्ताव गर्दा अस्वीकृत गरेपछि सरकारबाट बाहिरिने अवस्था आएको श्रेष्ठले बताए ।

समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागि यादवसँगै शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले आजै राजिनामा दिने बताइएको छ ।