१६ चैत्र २०८०, शुक्रबार

एन्फाको प्रादेशिक समिति

Anfa

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो समितिको संरचनालाई वाग्मती प्रदेशमा कार्यान्वयनका लागि प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागि दाबी गरेका छन् । काठमाडौँ, चितवन, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेबाट एक एक जनाले अध्यक्षका लागि दाबी गरेका छन् ।

यस्तै दोलखा र मकवानपुरबाट दुई÷दुई जना, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरबाट एक÷एक जनाले दाबेदारी प्रस्तुति गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ वाग्गती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रीय समितिले गर्ने बताइएको छ ।

जिल्ला फुटबल सङ्घ मकवानपुरका अध्यक्षसमेत रहनुभएका टीका लामासहित मकवानपुरका दुई जनाले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल सङ्घीय व्यवस्थामा गएको साढे तीन वर्षपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको वाग्मती प्रदेशमा पनि प्रादेशिक समिति गठनका लागि प्रक्रिया अघि बढाएको हो ।