८ बैशाख २०८१, शनिबार

परराष्ट्रमन्त्री नयाँदिल्लीमा

RoS Ktm IMG 21311 scaled
फाइल फोटो

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नुहुनेछ ।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा उहाँहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।