१३ बैशाख २०८१, बिहीबार

माघीपर्वका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा शुभकामना

Trilochan Bhatta Chief Minister Province Seven

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

उहाँले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गर्नुभएको छ ।

उहाँले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।