७ बैशाख २०८१, शुक्रबार

भद्रकालीमा एकाबिहानै बस दुर्घटना, ४ जना घाइते

Bus Accident 768x356 1

काठमाडौंको रत्नपार्क–भद्रकाली सडकखण्डमा बिहीबार बिहानै मिनिबस अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बस दुर्घटना भएको सिंहदरबार प्रहरीले वृतले जनाएको छ।

थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।

2021 01 14 IMG 20210114 075158

५ जना सवार उक्त बस दुर्घटनामा परी ४ जना घाइते भएका छन्। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने बस चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टा नचलेको र अहिलेसम्म अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा २८ वर्षीया विमला वुढा, उनकी छोरी ६ वर्षीया रितु वुढा र २ वर्षीया रेजिना वुढा रहेका छन्।