१३ बैशाख २०८१, बिहीबार

आइपीएल लिलामी : कमिन्स बने इतिहासकै सर्वाधिक महङ्गो खेलाडी

ipl auction 3 vxJBOdAFnQ

इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करणका लागि बिहीबार खेलाडीहरुको लिलामी भएको छ । अधिकतम ७३ खेलाडीहरुको बोली लगाउन सकिनेमा ५ घण्टा चलेको लिलामीमा ६२ खेलाडी बिकेका छन् । यसमा ३३ भारतीय र ३३ विदेशी खेलाडी रहे ।

ipl auction RnJEw54DNq

आइपीएलका टोलीहरुले खेलाडीहरु किन्न १४०.३ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । यसमध्ये अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स आइपीएलको इतिहासकै सबैभन्दा महङ्गो विदेशी बनेका छन् । उनलाई कोलकाता नाइटराइडर्सले १५.५ करोड रुपैयाँ भारुमा किनेको छ ।

त्यस्तै, अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई किङ्ग्स इलेभेन पञ्जाबले १०.७५ करोड भारुमा खरिद गरेको छ । दक्षिण अफ्रिकाका क्रिस मोरिस १० करोड रुपैयाँमा बिके । उनलाई रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो टीममा सामेल गर्यो ।

कोर्टेल १७ गुणा धेरै मूल्यमा बिके

विकेट लिए पछि आर्मी स्यालुट गरेर चर्चित वेस्टइन्डिजका तीव्र गतिका बलर शेल्डन कर्टेलका लागि पनि टोलीहरु ठूलो बोली लगाएका थिए । उनलाई पञ्जाबले ८.५ करोड भारुमा किन्यो । भारतीय खेलाडीहरुमध्ये पीयूष चावला सबैभन्दा धेरै मूल्यमा बिक्री भए । उनलाई चेन्नाई सुपर किङ्ग्सले ६.७५ करोडमा खरिद गर्यो ।

यसमा राजस्थानका तीव्र गतिका बलर रवि बिश्नोई ले सबैलाई चकित बनाए । यसअघि चर्चामा नभएका यी खेलाडीको बेस प्राइस २० लाख थियो । उनलाई पञ्जाबले २ करोडमा किन्यो । अन्डर १९ का कप्तन प्रियम गर्गलाई सनराइजर्स हैदराबादले १.९ करोड भारुमा खरिद गर्यो । १७ वर्षका यशस्वी जायसवाललाई २.४ करोड भारुमा राजस्थानले किन्यो । एजेन्सी

ipl auction 2 Q4tVoqSR34