१२ बैशाख २०८१, बुधबार

सार्क चेम्बर क्राफ्टमा नयाँ नेतृत्व

download 1 2

‘सार्क चेम्बर क्राफ्ट भिलेज नेपाल’को आज सम्पन्न १५औँ साधारणसभाले शारदा रिजालका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिका सञ्चालक सदस्यमा निता रेग्मी, शोभा ज्ञवाली, ऋतु स्थापित, रीता भण्डारी, भवानी राणा, छाया शर्मा, प्रमिला रिजाल, चित्राबहादुर केसी, रनिव अमात्य र निरु रायमाझी चयन हुनुभएको छ । सो संस्थाले दक्षिण एशियाली मुलुकका महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण, प्रवद्र्धन तथा आयातनिर्यात गर्नेछ ।

नेपालका महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, सौन्दर्य र हस्तकलाका सामान अन्य मुलुकमा पठाइने गरिएको छ । चार वर्षका लागि निर्वाचित अध्यक्ष रिजालले कोभिड–१९ का कारण प्रभावित बजार व्यवस्थालाई अनलाइन माध्यमबाट विस्तार गराउन आफूले पहल गर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार...