१४ बैशाख २०८१, शुक्रबार

विश्वराज पोखरेलको नेतृत्त्वमा निर्वाचन परिचालन टोली

aig bishworaj Pokhrel

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले निर्वाचन गराउने कमाण्डरको जिम्मेवारी पाउनुभएको छ । मंगलवार प्रहरी प्रधान कार्यालयले पोखरेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन समन्वय समिति गठन गरेको हो ।

समितिमा पोखरेल सहित प्रहरी नायव महानिरीक्षक (डिआइजीद्वय) सुनीलकुमार श्रेष्ठ र दिवेश लोहनी लगायत ३७ जना अन्य प्रहरी अधिकृतलाई सदस्य राखिएको छ ।

सरकारले वैशाख १७ र २७ मा गरी दुई चरणमा हुने मध्यावधि निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनका लागि एक महिना अगाडि एआइजीमा बढुवा भएका पोखरेललाई निर्वाचन परिचालन टोलीको जिम्मेवारी दिइएको हो ।

अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी तयारीलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिसकेको छ । आगामी चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ। चुनाव हुनभन्दा ४५ दिनअघि म्यादी प्रहरी भर्ना गरिसक्नु पर्ने र १५ दिनसम्म तालिम दिएर फिल्डमा खटाउनुपर्ने प्रारम्भिक खाकामा उल्लेख गरिएको छ।