७ बैशाख २०८१, शुक्रबार

विन्ध्यवासिनी म्युजिकका सञ्चालक पक्राउ

0021 01 652dcf279f9a2132163a055676876713

केहि दिन अगाडी गायक प्रमोद खरेलका साथै अन्य सङ्गीतकर्मीहरू र कलाकारहरूले विन्ध्यवासिनी म्युजिक विरुद्द दायर गरेको उजुरीका आधारमा प्रहरीले विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी र कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई आज पक्राउ गरेको छ । उक्त उजुरीमा ५७ जना सङ्गीतकर्मी साथै गायकहरूको हस्ताक्षर रहेको छ ।

उजुरीमा कलाकारहरुले विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी र लेना रेग्मी सहित अन्यलाई कारबाही गर्न प्रहरी समक्ष अनुरोध गरेका थिए ।

विन्ध्यवासिनी म्युजिक कम्पनीले आफूले उत्पादन गरेको गीतसंगीत गायक प्रमोद खरेलले विना अनुमति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा गाइरहेको आरोप सहित एक करोड क्षतिपूर्ति पनि दाबी गरी कम्पनी रजिस्टारको कार्यालयमा उजुरी दिएपछि विवाद उत्पन्न भएको हो ।

आफ्नै लगानी र कपिराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको खरेलले दायर गरेको उजुरीमा उल्लेख छ ।

यस विवादमा गायक/गायिकाहरूको पेशागत संगठन ‘प्रस्तोता समाज नेपाल’ प्रमोद खरेलको पक्षमा उभिएको छ । सम्झौतापत्र अनुरुप उजुरी परेको एल्बमको सम्पूर्ण अधिकार दोस्रो पक्ष अथवा गायकमा रहेकाले प्रस्तोता समाजको कार्यसमिति बैठकले प्रमोदको पक्षमा निर्णय गरेको छ ।

    सम्बन्धित समाचार...