१५ चैत्र २०८०, बिहीबार

राष्ट्रिय फुटबल खेलाडी नाइट क्लबमा १ रात जादा निलम्बन र जरिवाना

anfa nepal

विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतको कुवेतसँगको ‘होम गेम’को अघिल्लो दिन नाइट क्लवमा भेटिएका ४ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले कार्वाही गरेको छ ।

फुटबल खेलाडी बिमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिन निलम्बन गर्ने निर्णय गरेको छ जसको कारण दुबैले भोलिबाट सुरू हुने ए डिभिजन लिग गुमाउने भएका छन् । यसैगरी सन्तोष तामाङ र अन्जन विष्टलाई पनि ४५ दिनका लागि निलम्बन गरेको छ यद्दपी उनीहरूले भने लिगका केही खेल खेल्न सक्नेछन् । सबै चार जनालाई एन्फाले जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । निलम्बन नोभेम्बर १३ देखि लागू हुनेछ।

मङसिर ३ गतेको नेपाल र कुवेतको खेलमा जाने अघिल्लो दिनको व्यवहारका कारण एन्फाले तत्कालै चारै जना खेलाडीलाई टिमबाट हटाएको थियो। उनीहरुमध्ये केहीको नाम भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि सहभागी हुने तयारी थियो। तर, पछि सागबाट पनि उनीहरुको नाम सुचिबाट हटाइएको थियो।