१३ बैशाख २०८१, बिहीबार

प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो

corona testkit scaled

प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक-एकजनामा सङ्क्रमण देखिएका छन् । प्रदेशमा सोही अवधिमा ८० जना सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्यामा २९ हजार ३२७ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।