७ बैशाख २०८१, शुक्रबार

विज्ञापन सङ्घका अध्यक्षमा धिताल

aan nepal

नेपाल विज्ञापन सङ्घको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष धिताल आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन हुनुभएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा पीताम्बर पोख्रेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पङ्कजलाल प्रधान र सचिवमा सन्तोष खड्का रहनुभएको छ ।

यसैगरी सह कोषाध्यक्ष जीवन पोख्रेल, सदस्यमा क्रमशः साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने र विधान राजभण्डारी रहनुभएको छ । निर्वाचमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध चयन भएको थियो भने अन्य पदमा मतदान गरिएको थियो ।

सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’ बाट आगामी कार्याकालका लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । नवनिर्वाचित अध्यक्ष धितालले सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा काम गर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार...