७ बैशाख २०८१, शुक्रबार

अनुष्काको पोल्टामा मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड

Anushka shrestha

anushka shrestha miss world participant 2019लन्डनमा सञ्चालन भइरहेको मिस वर्ल्डको ६९औं संस्करणको प्रतियोगिता अन्तर्गत मिस नेपाल अनुष्का श्रेष्ठले मल्टीमिडिया अवार्ड जितेकी छन् । अवार्ड जितेपछि उनले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

उक्त प्रतियोगितामा अनुष्काले दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर आफूलाई टप ४० मा पुर्याएकी थिइन् । भोटिङका आधारमा हुने यो अवार्डका लागि अनुष्का टप ३ मा परेकी थिइन्।

लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९औं मिस वर्ल्ड प्रतियोगितामा १ सय ११ मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गर्दैछन्।

६८औ संस्करणको प्रतियोगिता अन्तर्गत पनि उक्त विधामा नेपालकै प्रतियोगी मिस नेपाल शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन्।

    सम्बन्धित समाचार...