१४ बैशाख २०८१, शुक्रबार

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

madhav kumar nepal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभएको छ ।

जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राख्नुभयो ।

उहाँले भन्नुभयो, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।