१३ बैशाख २०८१, बिहीबार

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा सीमा विवादबारे कुराकानी हुने : प्रधानमन्त्री

kp oli rastriya sabha

राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनवरी १४ मा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गर्नुहुने भारत भ्रमणमा सीमा विवादबारे कुराकानी हुने बताउनुभयो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले,’सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको लगायतका विभिन्न विषयमा परराष्ट्रमन्त्रीले भारतसँग छलफल गर्नु हुनेछ’ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कालापानी लगायतका भू-भाग नक्शामा समावेश गरेपछि अहिले भारतसँग सोहि अनुसार छलफल भइरहेको बताउदै उक्त भूभाग कायम गरेर छाडिने बताउनुभयो ।

मित्रराष्ट्र भारतसँग खुलस्त छलफल गर्नुपर्ने बताउँदै नेपालका समस्या, अडानहरु र न्यायोचित भनाईलाई स्पष्ट रुपमा राख्नु पर्ने बताउदै भारतसँग राम्रो सम्बन्ध चाहेको पनि बताउनुभयो ।