६ बैशाख २०८१, बिहीबार

भारतीय कन्टेन्ट चोरेर प्रस्तुत गरेपछी कमेडि च्याम्पियनबाट गोल्डन कि बिजेता तपेश्वर निकालिए

comedy champion inout

कमेडी च्याम्पियन सिजन २ मा ६ हजार मध्यबाट डिजिटल अडिसन, फिजिकल अडिसन हुँदै आयोजकले देश तथा बिदेशबाट २४ प्रतियागी छनोट गरिसकेका छन । जसमध्ये सिराहा घर भएका प्रतियोगी तपेश्वर सिंहको कन्टेन इण्डियन स्ट्यानडर्ड कमेडियन्संग मिल्न गएसंगै बिबादित बन्न पुगेको थियो ।

यस बिषयमा आयोजकले केही अगाडि यस सम्बन्धमा निर्णय भईरहेको बताएका थिए । हालै आफ्नो आधिकारिक पेजमा आयोजक कमिटिले कन्टेन्ट मेल खान गएको विषयलाई लिएर कमेडी च्याम्पियन परिवारको निर्णय सार्वजनिक गरेका छन ।

“गोल्डेन की” जितेका कमेडी च्याम्पियन प्रतियोगीले चोरे युट्युबरको कन्टेन्ट (भिडियो सहित)

आयोजकले गोल्डेन की विजेता तपेश्वर सिंहको गोल्डेन की फिर्ता लिइनुका साथै तपेश्वरलाई टप २४ बाट निष्काशन गरेको बताएका छन । साथै उनको स्थानमा अर्का प्रतियोगी अक्जल पूजारीलाई टप २४ मा प्रबेश गराइएको बताएका छन ।

comedy champion notice

गत बर्ष सफलतापुर्वक सम्पन्न भएकाे रियालिटि शो कमेडि च्याम्पियनको सिजन २ मा पनि निर्णायकहरु गत बर्षकै यथावत रहेका छन । निर्णायक मण्डलमा हास्यकलाकार सन्तोष पन्त , मनोज गजुरेल, निर्देशक तथा लेखक प्रदिप भट्टराई र नायिका ऋचा शर्मा रहेका छन ।

केही प्रतियोगिहरुको क्लिप युट्युबबाट सार्वजनिक भइरहेको यस सिजनलाई चाडै टेलिभिजनमा देखाइने छ । यस सिजनको शुरुवातममा केही समस्या भएता पनि गतबर्ष झै यस सिजन पनि सफलतापुर्वक सम्पन गरिने कमेडि च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए ।