१५ श्रावण २०७८, शुक्रबार

बेलायत बस्दै आएका ३२ वर्षीय गायक मृत भेटिए

badri kc

करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।

केसीले दिउँसो आफ्नो फेसबुकमा सबैलाई ‘गुडबाई’ लेखेका थिए । त्यसको लगत्तै उनको खोजी शुरु गरिएको थियो |

badri kc status

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो ।

उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आत्महत्याअघि गायक केसीको बैंक खाताबाट परिवारका सदस्यलाई खातामा रहेको पैसा ट्रान्सफर गरेको देखिएको छ।

आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।