१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य सुरक्षाका विषयमा छलफल

Cni FinanceMinister

निर्वाचन आयोगले प्रतिनिधिसभाको आगामी निर्वाचनका विभिन्न चरणमा अपनाउनु पर्ने तथा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल गरेको छ ।

आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारीबीच निर्वाचन लक्षित स्वास्थ्य सुरक्षासम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्ने केन्द्रित रहेर छलफल भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरकारले प्रतिनिधिसभाको आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

आयोगले उक्त निर्वाचनका सन्दर्भमा तोकिएको जिम्मेवारी र सम्पादन गर्नुपर्ने समयमा सम्पन्न गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई निर्देशन दिन गृहसहितका मन्त्राललाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आवश्यक सहयोग, सहकार्य र समन्वयका लागि मातहत कार्यालयहलाई निर्देशन दिन गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णण भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको संयोजकत्वमा बसेको मतदान स्थल तथा केन्द्र निर्धारण समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा आयोग, अर्थ (राजश्व), गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सहभागी हुनुहुथ्यो ।