१५ चैत्र २०८०, बिहीबार

‘केजीएफ २’को टिजर रिलिजले राख्यो रेकर्ड

kgf2 trailer

दक्षिण भारत फिल्म क्षेत्रका स्टार अभिनेता यशको मूख्य भूमिका रहेको ‘केजीएफ २’को टिजर रिलिज भएको हो । सार्वजनिक गरिएको टिजरमा यशसहित रवाना टण्डन र सञ्जय दत्तलाई देख्न सकिन्छ ।

‘केजीएफ’ फिल्मले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । अब, यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेको छ । विभिन्न ४ भाषामा रिलिज हुने फिल्मको टिजर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर बिहिबार साँझ टिजर सार्वजनिक गरिएको छ ।

यो फिल्मको निर्देशन प्रशान्त नीलले गरेका हुन् । फिल्ममा विजय किरागन्दुरको लगानी छ । फिल्ममा नायक संजय दत्त अधिराको भूमिकामा देखिएका छन् । फिल्ममा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।

फिल्मको पोष्ट प्रोडक्शन विगत २ बर्षदेखि चलिरहेको थियो । ‘केजीएफ’को पहिलो सिरिज सन् २०१८ मा रिलिज भएको थियो । कन्नड, तमिल, तेलुगु र हिन्दी भाषामा बनेको यो फिल्म कैयौं रेकर्ड समेत बनाएको थियो ।

टिजरले राम्रो भ्युज पाएको छ । यो समाचार तयार पार्दासम्म टिजरले १५ घण्टामा २ करोड ५७ लाख ३७ हजार भन्दा बढी भ्युज बटुल्न सफल भएको छ । २ मिनेट १६ सेकेण्डको टिजरमा ३० लाख बढीले लाइक र झण्डै १० हजारले डिसलाइक गरेका छन् । यस्तै, करिब २ लाख भन्दा बढी प्रतिक्रिया पाएको छ ।