१५ बैशाख २०८१, शनिबार

नायक देव सागरको नयाँ चलचित्र ‘पर्खी बसे फर्की आउनेछु’को छायांकन सुरु

78884750 501672820429336 4940559055920824320 n

चलचित्र ‘पर्खी बसे फर्की आउनेछु’को शुभ मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भव्य समारोहका बिच शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन सुरु भएको छ । चलचित्रका मुख्य कलाकार देव सागर, प्रेम परियार र समीक्षा बस्नेत छन् । अपाङ्ग केटीको टिन एजमा हुने रहर र जीवन सङ्घर्षको कथामा आधारित हुने चलचित्रमा रोशन कुमार थापा प्रस्तुतकर्ता रहेका छन् भने खेम राज बिक कार्यकारी निर्माता रहेका छन् ।

 

0019 12 3dfecdf966871a1edb462c07391c9bd4

यम कान्त भण्डारी निर्माता र एकराज थापा सह-निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम परियार,समीक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, दीपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बिसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

साथमा चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । ‘पर्खी बसे फर्की आउनेछु’मा वसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको सङ्गीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायाङ्कन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द्व रहेको छ ।

यसै चलचित्रबाट डेब्यु गर्न लागेकी समिक्षाले आफूलाई चलचित्रमा पहिले देखि नै रुचि भएको र एउटा अपाङ्ग व्यक्तिले भोग्नु परेको दुख पीडालाई देख्दा र सुन्दा उनीहरूको पीडालाई अभिनय मार्फत महसुस गर्न पाउने भएकोले यो चलचित्रमा काम गर्न लागेको बताइन् ।

    सम्बन्धित समाचार...