८ बैशाख २०८१, शनिबार

भेरी बबईमा दोस्रो चरणका काम धमाधम

bheri babai cSFDTAHmeS

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरुधमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरतादिएको हो ।

यहीअवधिमानिर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्नभएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँकम्पनी चाइनाइन्जिनियरङ ओभरसिजप्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो । अमेरिकीकम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको कामभने कोभेकलेगर्नुपर्नेछ ।

आयोजनाले प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरण गरिसकेको जनाएको छ । हालसम्मलालपुर्जा भएका४८ परिवारले ५० कित्ता बराबरको मुआब्जालिएका छन् । आयोजनाकाइन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमालालपुर्जाभएका सबैलाई मुआब्जावितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिनबाँकी रहेको बताउनुभयो । उहाँले जिल्लामुआब्जानिर्धारण समितिको निर्णय अनुसाररु. १२ करोड ३५ लाखवितरण गरिएको जानकारी दिनुभयो ।

चिनियाँकम्पनीग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिलनिर्माणका लागि ठेक्कासम्झौताभएको थियो । सोही सम्झौताबमोजिमनदीको बहावफर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशतनिर्माण पुरा भएकोजनाइएको छ । “साइट क्याम्पनिर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनकालागितयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले रासससंग भन्नुभयो, “बाँधस्थलचिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधकाकारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो ।

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानीबबईमाखसाल्नचिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरुआर्थिक वर्ष २०७९÷८० मा सम्पन्नगर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचनानिर्माणमा रु. छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूलसंशोधितलागतभने रु. ३३ अर्ब १९ करोड रहेको छ ।

सुर्खेतको भेरीगंगानगरपालिका५ चिप्लेमा १४ मिटर अग्लो बाँधबनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानीखसालेर बबईमा४८ मेगावाट विद्युत् उत्पादनगरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युतकम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनीप्रदेशकाबाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमासिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

कर्णालीमा साहसिक खेल माघमा

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले माघ अन्तिम साता कर्णालीमा साहसिक खेल सञ्चालन गर्ने तयारी गरेको छ । खेलकूदको माध्यमबाट पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले साहसिक खेल प्रतियोगिता आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख जवाहरलाल हमालले साहसिक खेलका रूपमा जलयात्रालाई सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो, यस प्रकारका खेल गतिविधिले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ”, उहाँले भन्नुभयो, “मिति यकिन नभए पनि माघको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेका छौँ ।” मन्त्रालयले चालु आवमा साहसिक खेल सञ्चालनका लागि रु आठ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष साहसिक खेल सञ्चालनका लागि बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन ।

जलयात्रा खेलले नदी किनारका बासिन्दालाई आयआर्जन एवं रोजगारीमा जोड्ने मन्त्रालयको अपेक्षा छ । भेरी नदी किनारमा राजीलगायतका लोपोन्मुख जनजातिको बसोबास छ । कर्णाली र भेरी नदीमा जलयात्रा खेल प्रतियोगिता सञ्चालन हुनेछ ।