७ बैशाख २०८१, शुक्रबार

कर्मचारी अभामा वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस

17274944621908700669taskari copy.

मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय बाजुराका डिभिजलन प्रमुख कामु कालीराम चौधरीले बताउनुभएको छ । उहाँका अनुसार डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण वन्यजन्तु चोरी शिकारी र जडीबुटीको अवैध निकासीलाई नियन्त्रण गर्न सकस भएको छ ।

दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, स्वामीकार्तिक गाउँपालिकाको जुकोट, साप्पाटा, जगन्नाथ गाउँपालिकाको गोत्री, जगन्नाथ र बूढीनन्दा नगरपालिकाको पाण्डुसैन कोल्टीको माथिल्लो क्षेत्रमा आवतजावत गर्न सकस भएकाले उक्त क्षेत्रबाट हुुने चोरी शिकारी तथा जडीबुटी निकासी गर्नेको निगरानी गर्न सम्भव नभएको डिभिजनल प्रमुख चौधरीले राससलाई बताउनुभयो ।

मौसम बदली भएसँगै जिल्लाका लेकाली भेगका उक्त क्षेत्रमा हिमापत भएकाले वन्यजन्तु चिसोबाट बच्न बेँसी आउने भएकाले विभिन्न प्रजातिका जनावरको शिकारी बढ्न थालेको प्रमुख चौधरीको भनाइ छ । पुस र माघ महिनाको अवधिमा जङ्गली जनावर मृग, हरिण, चित्तल, बँदेल, कालीज, डाँफेलगायतका वन्यजन्तुको चोरी शिकारी हुने भएकाले सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा नियन्त्रणको प्रयास गर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार वन कार्यालयका कर्मचारीको सक्रियतामा छ सुरक्षाकर्मी परिचालन गरी वन्यजन्तु चोरी शिकारीलाई रोक्ने प्रयास गरिने छ । जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिलाई सचेत बनाई अवैधरूपमा हुने जडीबुटी निकासी तथा पैठारी र वन्यजन्तुको चोरी शिकारीलाई न्यूनीकरण गर्न जोड दिएको उहाँले बताउनुभएको छ । जिल्ला सदरमुकाम मार्तडीमा समेत जङ्गली जनावरको शिकार गरी बिक्री वितरण भइरहेको जनगुनासो आउन थालेकाले त्यसको निगरानी बढाउन वन कार्यालयले तयारी थालेको प्रमुख चौधरी बताउनुहुन्छ ।

वन्यजन्तुको शिकारभन्दा उनीहरुलाई संरक्षण गर्न सबैको ध्यान जान जरुरी रहेको छ । जिल्लामा पछिल्लो समयमा सामुदायिक वनमा स्थानीयवासीले आगो लगाउने गरेकाले सो कार्य रोक्न चौधरीले स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । जिल्लामा चिसो बढ्यो मौसम फेरदबलसँगै जिल्लाका पूर्वी उत्तरी भेगका केही ठाउँमा हिमापत भएको छ । आइतबार आएको वर्षासँगै हिमपात शुरु भएको यहाँका लेकाली भेगमा मङ्गलबार र बुधबार आएको पानीका कारण हिमपात रोकिएको छैन । हिमपात भएपछि जिल्लामा अत्यधिक चिसो बढेको छ ।

चिसोका कारण बालबालिका तथा वृद्धवृद्धालाई सकस भएको छ । वर्षासँगै केही ठाउँमा हिमपात भएपछि जिल्ला सदरमुकाम मार्तडी बजारमा स्थानीयवासी बिहान र बेलुकी आगो बालेर ताप्ने गरेका छन् । चिसोले सो क्षेत्रमा बसोबास गर्ने बालबालिका र वृद्धवृद्धाले सास्ती भोग्दै आएका छन् ।

    सम्बन्धित समाचार...