७ बैशाख २०८१, शुक्रबार

पाँचथरको हिलिहाङ गाँउपालिका–७ मा नेपाली कांग्रेसका तिलविक्रम विजयी

tinbikram hiliang 7 20191201044102

पाँचथरको हिलिहाङ गाँउपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका तिलविक्रम इधिङ्गो विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपाका गेहनाथ रिजालाई ३० मतले पराजित भएका हुन्।

इधिङ्गोले ८४२ मत ल्याएर विजयी बनेका हुन्। नेकपाका रिजालले ८१२ मत पाएका छन्। हिलिहाङ गाँउपालिकाका अन्य सबै वडामा नेकपाले जितेको छ। यसअघिको निर्वाचनमा यही वडामा नेकपाका तीर्थराज तिम्सिनाले जितेका थिए। तिम्सिनाको निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो।