१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर नपर्ने : मन्त्री गुरुङ

parbat gurung

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उहाँले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पार्नुभयो । उहाँका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उहाँले भन्नुभयो, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस ।”

सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गर्नुभयो । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पु¥याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेसमार्फत अघि बढ्नुहोस् ।”नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले खेती गरेर जडीबुटीको उत्पादन बढाएर लैजान सकिने औँल्याउनुभयो । व्यवसाय राम्रो हुँदा रोजगारीको सिर्जना हुने र वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था हट्ने उहाँले बताउनुभयो ।

सङ्घका अध्यक्ष गोविन्द घिमिरेले सरकारले अहिले पचास प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई १० प्रतिशत सहुलियत दिने गरेकामा त्यसलाई बढाएर २० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो ।