१५ चैत्र २०८०, बिहीबार

जग्गाको दाबी फिर्ता गर्ने सहमति

jagga khet jamin dU0vqz7DNq

जयपृथ्वी नगरपालिका–८ का दलित परिवारले पुस्तौँदेखि बस्दै आएको जग्गाको दर्ता प्रक्रियामा दाबी गर्दै आएका सोही गाउँका जोशी समुदायले उक्त जग्गाको दाबी फिर्ता गर्ने सहमति गरेका छन् ।

दलितको जग्गा दर्ता प्रक्रिया विवाद सम्बन्धमा सरोकारवालाको सोही गाउँमा बसेको बैठकमा जग्गाको दाबी गरेका आठ परिवारले आज पुरानो दाबी फिर्ता गरी दलितको नाममा नै घरवासको जग्गाको दर्ता गराई लालपुर्जा उपलब्ध गराउने सहमति गरिएको हो ।

विसं २०४९ मा नापीको टोली जोशी गाउँमा जाँदा दलितको घरवास बनाएको जग्गा दलितकै नाममा दर्ता गर्दा जोशी परिवारले उक्त जग्गाको दाबी विरोध गरेपछि उक्त जग्गा अहिलेसम्म विवादित रहेको थियो । त्यहाँका १८ दलित परिवारले पटकपटक जोशीको दाबी रहेको जग्गा आफ्नो नाममा राखी दिन पहल गर्दा पनि समस्या समाधान नभएपछि अहिले याक नेपालको सहयोगमा जिल्ला खाद्य अधिकारको समन्वयमा जोशी परिवार र दलित परिवारसहित नापी, मालपोत, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिको सहभागितामा जग्गा विवाद सामाधान गरिएको याक नेपालका कर्मचारी देवी खनालले बताउनुभयो ।

    सम्बन्धित समाचार...