१४ बैशाख २०८१, शुक्रबार

हत्या अभियुक्त भारतीय पक्राउ

arest

भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ना१ज ७५६२ नंको सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

आगलागीमा दुई घाइते

काठमाडौँको तार्केश्वर नगरपालिका–८ का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास पड्किन गई गए राति आगलागी भएको छ । आगलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपन र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।