७ बैशाख २०८१, शुक्रबार

धरानमा तीन सय १७ मतले नेकपा अगाडि

FwQN4Cd0YgDmbKyMl05A

धरानको पछिल्लो मत परिणाम वडा नम्बर २०, १९ र १८ गनिसक्दा नेकपा २३०९ मत, काङ्ग्रेस २२९२ मत, लिम्बुवान १३३ समाजवादी, ७९ पानीको बोतल, ६० तराजु रहेको छ । ३१७ मतले नेकपा अगाडि रहेको छ । अहिले वडा नम्बर १७ मा मतगणना शुरु भएको छ ।

त्यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् । ३ सय ४७ मत ल्याएर श्यामबाबु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी पाँचथरमा भएको तीन निर्वाचन मध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपाले र नेपाली काग्रेसले एक एक वडामा जित हात पारेका छन् । उपनिर्वाचन सम्पन्न बैतडीका ३ वडामा २ मा नेपाली कांगेस र १ मा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा ०विजयी भएको छ ।

गएराती सम्पन्न मतगणनामा दोगडाकेदार ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी ४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्र बहादुर चन्द विजयी भएका छन् ।