४ बैशाख २०८१, मंगलवार

पत्नी सीताको उपचारको लागी भारत गए प्रचण्ड

prachanda mumbai with wife sita scaled
रोशन सापकोटा -रासस

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्‍नी सीताको उपचारका लागि संगै भारत गएका छन । केही दिनअघि अस्वस्थ्य भएपछी दाहाल पत्नी सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनी पार्किन्सन जस्तै रोग्, प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन ।

भारत, अमेरिका, सिंगापुर लगायतका अस्पतालमा यसअघि पनि उनको उपचार गरिएको थियो ।

दाहाल पत्नी सीतासँगै अध्यक्ष प्रचण्ड स्वयम र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । उनको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने जनाइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए अनुसार अध्यक्ष प्रचण्ड भने बुधबार स्वदेश फर्किने छन्।