८ बैशाख २०८१, शनिबार

विशङ्खुनारायणको महास्नान रोकियो

979346616062048161573216456Ekadasi

चार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ । विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियाँै वर्ष अघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए ।

प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजको दिनमा महास्नान गरिने गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछाँै । कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।”

सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिने गरिएको सचिव सुवेदीले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको दिन मेला लाग्ने गर्छ ।

चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुज्ने गरिन्छ । हरेक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट दर्शनार्थी विशङ्खनारायण आउने गर्छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी गोविन्द विष्टले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...