१३ बैशाख २०८१, बिहीबार

घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन

blod avav

रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ ।

पोखरा च्याम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको हो । पोखराको विपिचोकमा २९, विरौटाचोकमा ४४, अमरसिंहचोकमा २१, बगरमाम २९, बूढीबजारमा २० र पृथ्वीचोकमा २० युनिट रगत सङ्कलन भएको संस्थाका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक रविबहादुर विकले जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा लगभग २० प्रतिशत महिलाको सहभागिता रहेको थियो ।

साताव्यापी कार्यक्रमअन्तर्गत पोखराको मुख्य बजार पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले रक्तदाता समिता रोकालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै रक्तदानमा सबैको साथ र सहयोगको खाँचो औँल्याउनुभयो । निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताउँदै उहाँले उद्योगी व्यवसायीको हक, हितका साथै व्यवसाय प्रवद्र्धनका लागि आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहकारीका सदस्यलाई कोसेली स्वास्थ्य सामग्रीसफल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिका–१७ कार्यालय स्थापना गरी सञ्चालनमा आएको सहकारीको आइतबारदेखि शुरु भएको १३ औँ साधारणमा शेयर सदस्यलाई कोसेलीस्वरुप मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चार दिनसम्म साधारणसभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जिसीले जानकारी दिनुभयो ।शेयर सदस्यलाई महामारीबाट जोगिन सरसफाइमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइका सामग्री प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार यस अवधिमा नेपाल रेडक्रस सोसाइटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने छ ।

पोखरा महानगरपालिका वडा नं ७ र १७ स्थित पूर्वी भेगका बुद्धिजीवी, समाजसेवीको सक्रियतामा विसं २०६४ मा दर्ता गरी सञ्चालनमा आएको सो सहकारीमा हाल ३८६ शेयर सदस्य रहेका छन् । तिनमा ६० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहेको छ । संस्थाले गत वर्षको १२ औँ साधारणसभामा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेङ्गु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।

    सम्बन्धित समाचार...