१२ बैशाख २०८१, बुधबार

‘आन्दोलनका उपलब्धि रक्षा गरौं’

Upendra yadav

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपाल युवा सङ्घद्वारा आज जनकपुरधाममा आयोजित युवा प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कांग्रेस आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग हुनु जरूरी रहेको बताउनुभयो । उहाँले परिवर्तनका बाहक युवाले अबको नेतृत्व लिनुपर्ने बताउनुभयो । कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले प्रतिनिधिसभा विघटन हुनु गलत भएको बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र समावेशिताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष योगेन्द्रराय यादवकf अध्यक्षतामा भएको समारोहमा कार्यकारिणी सदस्य एवं प्रदेश नं २ का आर्थिक मामिलामन्त्री विजयकुमार यादव, राज्यमन्त्री उषा यादव र सदस्य महाजन यादवले मुलुकलाई विषम परिस्थितिबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको धारणा राख्नुभयो ।