१५ चैत्र २०८०, बिहीबार

‘अपाङ्गता न्यूनीकरण एवं पुनस्र्थापनामा सबैको सहयोग आवश्यक’

hikmat bdr karki

प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले अपाङ्गता न्यूनीकरण एवं पुनस्र्थापनामा सबैका सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय, स्थानीय पालिका र करुण फाउन्डेशनको सहयोगमा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमअन्तर्गत ४५ दिने तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले स्थानीय क्षेत्रमा अपाङ्गता भएका व्यक्तिलाई समाजमा पुनस्र्थापना गर्न र जीवन सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले तालीमबाट प्राप्त ज्ञान अपाङ्गता न्यूनीकरणका लागि प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले अपाङ्गतालाई पुनस्र्थापना गर्न सहजकर्ताको ठूलो भूमिका रहेको चर्चा गर्दै यस कार्यमा महानगरपालिकाले विगतदेखि सहयोग गर्दै आएको स्मरण गराउनुभयो ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले समुदायमा आधारिता कार्यक्रम भएकाले निरन्तरता दिने जानकारी दिनुभयो । प्रदेश सरकारले गत वर्षदेखि अपाङ्गता रोकथाम एवं पुनस्र्थापनाका लागि ६९ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउन्डेशनबीचको सहकार्यमा तीनवर्षे कार्यक्रमअन्तर्गत गत वर्ष मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहमा कार्यक्रम शुरु गरिएको थियो भने यस वर्ष मोरङ, सुनसरी, सङ्खुवासभा र भोजपुरका गरी थप ३१ स्थानीय तहमा कार्यक्रम शुरु गरिएको करुणा फाउन्डेशनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो ।

इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा रहेको छ । करुणा फाउन्डेशनका सहनिर्देशक योगेन्द्र गिरीले अपाङ्गता न्यूनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले तीनवर्षे सम्झौताअनुरुप प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालीममा स्थानीय तहले नियुक्ति गरेको पुनस्र्थापनामा आधारित सहकर्ताले ४५ दिनमा २७० घण्टा तालीम प्राप्त गर्नेछन् ।

तालीम प्राप्त सहजकर्ताले आफ्नो पालिकामा स्थलगतरुपमा अपाङ्गता भएका व्यक्तिका बाधा, अड्चान, समस्या आदि पहिचान गर्ने, अपाङ्गता भएका व्यक्तिलाई घरघरमा फिजियो थेरापी गर्ने, स्वास्थ्य शिविरमा आयोजना गरी आवश्यक सामग्री उपलब्ध गराउनाका साथै उनीहरुलाई सहज

जीवनयापनमा सहयोग पु¥याउन तालीमको मुख्य उद्देश्य रहेको सहनिर्देशक गिरीले बताउनुभयो । यसैगरी उनीहरुले सुत्केरी महिला र नवजात शिशुलाई जाँच गर्नाका साथै नेपाल सरकारको नियमानुसार चारपटक लगाउने खोपमध्ये २४ घण्टेबाहेक अन्य तीन खोप लगाउनेछन् ।

    सम्बन्धित समाचार...