१४ बैशाख २०८१, शुक्रबार

१९औं स्थानमा सबैभन्दा बढी रेमिट्यान्स भित्राउनेमा नेपाल

1575018117remitance

सबैभन्दा बढी रेमिट्यान्स भित्राउने देशमा नेपाल १९औं स्थानमा परेको छ।

विश्व बैंकको तथ्याङकअनुसार सन् २०१८ मा विभिन्न देशबाट नेपालमा ८ अर्ब ३१ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो।

कुल गार्हस्थ उत्पादनको हिसाबले नेपाल रेमिट्यान्स भित्राउने देशको तेस्रो स्थानमा पर्छ । उक्त तथ्याङकअनुसार नेपालमा सोही वर्ष कुल गार्हस्थ उत्पादनको तुलनामा २९।९ प्रतिशत रेमिट्यान्स भित्रिएको हो।

कुल गार्हस्थ उत्पादनको तुलनामा नेपालभन्दा बढी रेमिट्यास भित्राउने देशमा टोङगा र हाइटी छन्। उनीहरुको क्रमश कुल गार्हस्थ उत्पादनको ३८ र ३४ प्रतिशत छ।

२०१८ मा विश्वभरीमा सबैभन्दा बढी रेमिट्यान्स भित्राउने देशमा भारत रहेको छ। सो समयमा भारतमा ७८ अर्ब ६० करोड ९० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ।

यो भारतको कुल ग्राहस्थ उत्पादनको हिसाबले भने २.८ प्रतिशत हो। यो सँगै भारत तालिकाको ८२औं स्थानमा पर्छ।

सन् २०१८ मा विश्वभरीमा ६ सय ८९ अर्ब डलरको रेमिट्यान्स कारोबार भएको छ। यसको १४ प्रतिशत हिस्सा भारतको छ।

सन् २०१७ मा रेमिट्यान्सको कारोबार ६ सय ३३ अर्ब डलर थियो।
यस्तै सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देशको दोस्रो स्थानमा चीन परेको छ।

चीनले सन् २०१८ मा ६७ अर्ब ४१ करोड ४० लाख अमेरिकी डलर भित्राएको छ।

त्यस्तै मेक्सिको ३५ अर्ब ५६ करोड, फिलिपिन्स ३३ अर्ब ८० करोड र फ्रन्स २७ अर्ब १ करोड अमेरिकी डलर रेमिट्यान्स भित्राउदै क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा परेका छन्।

सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशमा अमेरिका

सन् २०१८ मा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट बाहिरिएको छ।
एक वर्षमा अमेरिकाबाट मात्रै ६८ अर्ब ४७ करोड २० लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको हो।

यस्तै दोस्रोमा साउदी अरब रहेको छ। साउदीबाट यो अवधिमा ३३ अर्ब ६१ करोड ३० लाख अमेरिकी डलर रेमिट्यान्स बाहिरिएको छ।
स्वीजल्यान्डबाट २६ अर्ब ७४ करोड, जर्मनीबाट २५ अर्ब ४० करोड र रुसबाट २१ अर्ब ८३ करोडको रेमिट्यास बाहिरिएको छ।

नेपालमा घट्यो रेमिट्यान्स

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङकअनुसार भने नेपालमा रेमिट्यान्स घटेको देखिएको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा रेमिट्यान्स घटेको देखिएको हो।
विदेश जाने कामदारको संख्या घटेसँगै उनीहरुले पठाउने रकम पनि घटेको छ।

पछिल्लो तीन महिनामा ५ प्रतिशतले रेमिट्यान्स घटेको छ।

यो अवधिमा ३ खर्ब ३० अर्ब २४ करोडको रेमिट्यान्स नेपाल आएको छ। गत वर्षको सोही अवधिमा भने रेमिट्यान्स ३७ प्रतिशतले बढेको थियो।

    सम्बन्धित समाचार...