६ बैशाख २०८१, बिहीबार

‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुप¥यो’

girirajmani pokhrel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाउनुभयो ।

संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उहाँको भनाइ थियो ।