१५ चैत्र २०८०, बिहीबार

सलमान खानको फिल्म ‘दबंग–३’ फेरी विवादमा, रिलिज रोक्न माग

524996 1780671 16 updates

बलिउडमा अहिलेसम्मकै सर्वाधिक स्क्रिन पाउने अनुमान गरिएको चलचित्र ‘दबङ्–३’ पुन एकपटक विवादमा तानिएको छ । छायांकनको क्रममा शिव लिङ्गलाई आदर नगरेको आरोपमा फसेको यो चलचत्रि अब भने चलचित्रको गीतलाई लिएर चर्को विरोधमा फसेको छ ।

गीत ‘हुड हुड दबङ्’मा सलमान सँग केही साधुहरुको आपत्तिजनक नृत्यले हिन्दू धर्मको भावनामा ठेस लागेको भन्दै आपत्ति जनाएको हो ।

हिन्दू जनजागृति समाजले यहि कारण देखाई चलचित्र रिलिजमा रोक लगाउन उजुरी गरेको छ । समाजले चलचित्र प्रमाणीकरणको केन्द्रीय कार्यालयमा नै गएर उजुरी दर्ता गराएको हो ।

यो भन्दा अगाडीको विवाद रोक्न सलमानले स्पष्टिकरण दिएका थिए भने यो पटकको विवादमा सलमानले केही बोलिसकेका छैनन् ।

डिसेम्बर २० अर्थात क्रिसमसमा रिलिज मिति तोकिएको यस चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा, प्रीति जिन्टा, अरबाज खान साउथ स्टार किच्च सुदीप, टीनू आनन्द लगायतका कालकारहको अभिनय रहने छ । एजेन्सी

    सम्बन्धित समाचार...