१३ बैशाख २०८१, बिहीबार

सबैभन्दा ठुलाे राशीकाे अन्तर वडास्तरिय फुटबल खाेटाङमा सुरु

135731242 1630647767326053 5506979614615558446 n

स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित खेलमैदानमा १८ गत्ते शनिवारबाट अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटवल प्रतियोगिताकाे उदघाटन खेल सुरु गरिएकाे छ ।

उदघाटन गरिएको खेल अन्तर्गत सोही नगरपालिका–१४ बुइपा र साकेला गाउँपालिका–२ रतन्छाले विजयी शुरुवात गरेको छ ।

भोजपुरका एक वडा र जिल्लाकाे २२ वडा गरि २३ वडा सहभागी रहेकाे प्रतियोगिताको पहिलो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै बुइपा अघि बढेको हो ।

135727308 1025011177985554 6486721449791783969 n

त्यसैगरि पहिलो दिनको दोश्रो खेलमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरे बिरुद्द साकेला गाउँपालिका–२ रतन्छाले २–० गोल अन्तरको जीत निकालेको छ ।
पहिलाे दिनकाे खेलमा बुइपाका डिफेण्डर विजय राई म्यान अफ दी म्याच घोषित भएका छन् ।

दिरुम नगरपालिका–६ का वडाध्यक्ष माधव राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन गरिएको थियो । उदघाटन खेलको रुपमा नेर्पास्थित विद्यालयका शिक्षक तथा राजनीतिकर्मीवीच ‘सो म्याच’ गराईएको थियो । उक्त म्याचमा शिक्षकले राजनीतिकर्मीलाई १–० गोलले पराजित गरेको थियाे ।

दोश्रो दिनको पहिलो खेल दि रु म नगरापालिका–८ दोर्पा र सोही नगरपालिका–५ लफ्याङवीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ
नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। हाइस्कोररलाई ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने नेर्पा स्पोर्टस क्लवका अध्यक्ष बिरेन गुरुङले जानकारि दिए ।