१४ बैशाख २०८१, शुक्रबार

देशभर पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप ६ को मृत्यु

corona insurance

देशभर पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय देशभरका प्रयोगशालामा पाँच हजारको नमूना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरी ४१९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५० छन् । योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे सङ्ख्या दुई लाख ५३ हजार ८७५ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ९७ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर अहिले पाँच हजार ७११ सक्रिय सङ्क्रमित छन् । तिनीहरुमध्ये ३६७ क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा छन् । मुलुकमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६८ महिला र ७६ पुरुष छन् ।

थप ६ को मृत्यु

पछिल्लो २४ घण्टामा थप छ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ ।