१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रपति अब्बासद्वारा हमासको पत्रको स्वागत

Mahmoud Abbas

प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासले प्यालेष्टिनीहरूको आन्तरिक विभाजनलाई अन्त्य गर्दै प्यालेटिनी भूभागमा निर्वाचन गर्ने इस्लामिक हमास मुभमेन्टको पत्रको स्वागत गर्नुभएको प्यालेस्टाइनको राज्य सञ्चालित समाचार एजेन्सी वाफाले शनिबार जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा हमासको विवाद अन्त्य, साझेदारी निर्माण, र राष्ट्रिय एकता हासिल गर्ने पत्रमा आएको कुरालाई राष्ट्रपतिले स्वागत गर्नुभएको उल्लेख गरिएको छ ।

अब्बासले प्यालेस्टिनीको केन्द्रीय चुनाव आयोगका अध्यक्ष हाना नासेरलाई निर्वाचन सम्पन्न गर्न सम्बन्धित आदेश जारी गर्ने प्रक्रियामा छलफल गर्नसमेत आमन्त्रित गर्ने निर्णय गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

हमासका पोलिटब्युरो प्रमुख इस्माईल हनिएले अब्बासलाई फताह आन्दोलनका केन्द्रीय कमिटी सदस्य जिब्रिल राजौब मार्फत् एक आधिकारिक पत्र पठाएका बताइएको छ ।

“पत्र पढेपछि राष्ट्रपति अब्बासले राजूबलाई विभाजनको अन्त्य, साझेदारी र राष्ट्रिय एकता हासिल गर्ने सम्बन्धमा पत्रमा भनिएको कुराका लागि हमासलाई स्वागत गरेको कुरा बताउन निर्देशन दिनुभएको छ,” वाफाले प्रमुख स्थान दिएर सम्प्रेषण गरेको समाचारमा उल्लेख छ ।

वाफाको रिपोर्ट अनुसार हमासको पत्र मिश्र, जोर्डन, कतार, टर्की र रुसको दृष्टिकोणलाई सम्झौताको नजिक ल्याउने प्रयासको नतिजा हो ।

    सम्बन्धित समाचार...